चारदेशीय टी–ट्वान्टी सिरिजः नेपाल र ओमान भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २८, शुक्रबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौँ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल आज बलियो टोली ओमानलाई हराएर सिरिजमा उत्कृष्ट सुरुआत गर्न दाउमा छ । तर, ओमानविरुद्ध नेपाललाई जित निकाल्न भन् सहज छैन ।

सिरिज अन्तर्गत नेपालले दोसो खेलमा युएईसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ​ग्लोबल छनोट समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।

फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस