आईपीएलः कोलकतालाई हराउँदै बैंगलोरको जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र १७, बिहिबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बैंगलोरले कोलकता नाइट राइडर्सलाई ३ विकेटले हराएको हो ।

कोलकताले दिएको १ सय २९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । बैंगलोरका शेर्फान रुथरफोर्डले सर्वाधिक २८ तथा शाहबाज अहमेदले २७ रन बनाए । कोलकताका टिम साउथीले ३ तथा उमेश यादवले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकताले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो ।

बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए । त्यस्तै आकाश दीपले ३ र हर्सल पटेलले २ विकेट लिए । जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो । कोलकताको यो पहिलो हार हो । पहिलो खेलमा कोलकताले चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस