आईपीएलः मुम्बईलाई हराउँदै बैंगलोरको तेस्रो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र २७, आईतबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । पुनेमा शनिबार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बैंगलोरले तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरको जितमा अनुज रावतले ६६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विराट कोहलीले ४८ रन बनाए । कप्तान फाप डु प्लेसिस १६ रनमा आउट भए ।

मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्मा र इशान किशनले समान २६/२६ रन जोड्दा जयदेव उनाकड १३ रनमा अविजित रहे ।

बैंगलोरका हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिए ।

यस जितसँगै बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ४ खेलमा अंक जोड्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस