चैत २७, काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा आज आइतबार नेपाल र उज्वेकिस्तान भिड्दैछन् । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपाल र उज्वेकिस्तानको खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे सुरु हुनेछ ।
छनोटको पहिलो खेलमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनाका साथ जित निकाल्ने लक्ष्यसहित मैदान उत्त्रदैछ । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।