आईपीएल क्रिकेट: आज दिल्ली र लखनउ भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १८, आईतबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख १८,काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज आइतवारको पहिलो खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल पौने ४ बजे मुम्बईमा हुनेछ ।

तालिकामा लखनउ नौ खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली आठ खेलमा आठ अङ्कसहित छैटौँ स्थानमा छ ।

यस्तै आजको दोस्रो खेलमा सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । पुनेमा हुने खेल पौने ८ बजे सुरु हुनेछ ।

तालिकामा सनराइजर्स आठ खेलमा १० अङ्कसहित चौथो स्थानमा छ । चेन्नई आठ खेलमा चार अङ्कसहित नवौँ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस