आईपीएल क्रिकेट: लखनउले दिल्लीलाई ६ रनले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १८, आईतबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख १८,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आज आइतवारको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

मुम्बईमा भएको खेलमा लखनउले दिल्लीलाई ६ रनले हरायो । लखनउले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेट गुमाएर एक सय ८९ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए भने अक्षर पटेलले नटआउट ४२ रन बनाए । बलिङतर्फ लखनउका मोहसिन खानले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले केएल राहुलको ७७ र दीपक हुडाको ५२ रनको मदतमा एक सय ९५ रन बनाएको थियो । बलिङतर्फ दिल्लीका शार्दुल ठाकुरले तीन विकेट लिए ।

जितसँगै लखनउ १० खेलमा १४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली भने आठ अङ्कसहित छैटौँ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस