वैशाख २०, काठमाण्डौ । १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा हिजो सोमवार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो ।
अर्को वर्ष दक्षिण अफ्रिकामा हुन लागेको १९ वर्षमुनिको महिला विश्व कप छनोटमा एसिया क्षेत्रबाट नेपाल, मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले सन् २०२३ मा जनवरीरफेब्रुअरीमा हुने विश्व कप खेल्नेछन् । छनोट आउँदो जुन ४ तारिखदेखि सुरु हुनेछ ।