जेठ ४, काठमाडौ । नेपाल टी–२० लिग असोज ८ देखि हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको हो ।
क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको हो । टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल खेल कात्तिक ५ गते हुनेछ ।