जेठ ७, काठमाडौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजित नेपाल र युगान्डाबीचको टी २० सिरिज आज शनिबार सम्पन्न भएको छ । सुरुकै तीन खेलमा हार बेहोरेपछि सिरिज गुमाएको नेपालले अन्तिम दुई खेलमा भने जित निकालेको छ ।
शनिबार सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले ३३ रनको जित निकालेको हो । आज ज्योति पाण्डेको ४९ रनसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी नेपाल र युगान्डा महिला टिमको अन्तिम खेलमा नेपालले १२४ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।