जेठ ८, काठमाण्डौ । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दियो । त्यसपछि भलिबलले भौगोलिक हिसाव र खेल भावनाको कदर गर्दै सबै क्षेत्रमा भलिबलको रौनक सफल भयो ।
त्यसैले हरेक वर्ष नेपाल भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसको रुपमा मनाउँदै आइरहेको छ । नेपाल भलिबल संघले भने औपचारिक कार्यक्रमको जानकारी गराएको छैन । दिवसको अवसरमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले आइतबार जावलाखेलमा मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडी आएको छ ।