क्यानले निजी टी-२० लिगलाई राष्ट्रिय मान्यता नदिने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ ११, बुधबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले आफ्नो आधिकारिक लिग संचालन हुने भएकाले अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने बताएको छ । क्यानको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

क्यानले भनेको छ- नेपालमा हालसम्म संचालनमा रहेका अन्य फ्रेन्चाइजी लिघरुले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग संचालन हुने भएकाले अन्य कुनै पनि लिघरुलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा संचालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो ।

त्यस्तै क्यानले टी-२० लिगको ६ टिमको नाम पनि तय गरेको छ । जसमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनीरभैरहवा र फार वेस्टर्न रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस