दक्षिण यसियन हप्किडो प्रतियोगिता: बेलकोटगढीका प्रविणले नेपाललाई कास्य पदक दिलाए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ अषाढ २४, शुक्रबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail
असार २४,काठमाडौँ । दक्षिण यसियन हप्किडाेमा नेपाललाई १ स्वण सहित २ कास्य दक्षिण काेरिया मार्सलाट हाे हप्किडाे दाेस्राे बिश्व युद्धको कारण क्षतविच्छेद अवस्था रहेको र विभिन्न हत्या हिंसा चोरीडकैती लगायत जघन्य महिला हिंसाको कारण आत्मरक्षाकाे लागि सुरु गरेकाे हप्किडाे अहिले बिश्वभर खेलिने खेल बनेकाे छ ।
नेपालमा बि सं २०६४ सालबाट बझाङ बाट खेल्न सुरु गरेपनि यसकाे आधिकारिक सुरुवात अर्थात राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरेर भने बि सं २०७३ मा सुरु गरेकाे खेल हाे नेपालले धेरै पटक सहभागी भएपनि अहिलेसम्म कुनै उपाधि हात पार्न सकेकाे थिएन् तर याे साता
उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भएको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा भने १ स्वर्ण र २ कास्य हात पारेकाे छ । नेपालको प्रतिनिधित्व गर्दै नुवाकोट , बेलकोटगढीका प्रविण गुरुङले नेपाललाई कास्य पदक दिलाएका छन् ।  हाप्किडो राष्ट्रिय खेलाडी प्रविण गुरुङले पुरुषतर्फ ७० केजि तौल समूहमा कास्य पदक प्राप्त गरेका हुन ।
अन्तर्राष्ट्रिय हाप्किडो मास्टर सेमिनारमा समेत सहभागी भयकाे थियाे (सेमिनार २९-३० जुनमा सप्पन्न ) नेपाल,भारत,चिन ,जापान ,माल्दिस ,अफगानिस्तान ,उज्केस्तान,पाकिस्तान,उ.काेरिया द.काेरिया सहित २६ राष्ट्र सहभागी भएको खेलमा १ स्वर्ण सहित २ कास्य पदक हात पारेकाे छ ।  उक्त च्याम्पियनसिप जुलाई १–२ मा भएको खेलमा उनले नेपालीको लागि सो पदक हात पारेका हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।गुरुङ विगत १ दशक देखि खेलकुदमा सक्रिय रहेको छ। साथै नेपाल मार्शल आरर्ट्स हाप्किडो संघ केन्द्रिय प्रमुख सहायक प्रशिक्षक तथा नुवाकोट जिल्ला हाप्किडो संघको मुख्य प्रशिक्षक समेत रहेका गुरुङले नुवाकोटका विभिन्न विद्यालयहरुमा नियमित हाप्किडो खेल सञ्चालन तथा प्रशिक्षण गराईरहेका छन् ।
यसैगरि नेपालको लागि महिलातर्फ विजया कुमारी वाइवाले १ स्वर्ण र पुरुषतर्फ प्रविण गुरुङ ७० केजि र गुमान घर्तिमगरले ६०-६५ केजि तौल समुहमा कास्य पदक प्राप्त गर्न सफल भएको हो। नेपाले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेपछि प्रशिक्षक भुवन बुढा मगरले खुसी व्यक्त गरे । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली मंगलवार उज्जेकिस्तान प्रस्थान गरेको थियो । अध्यक्ष घर्ती मगरले यदि नेपालमा यदि फुटबल,किर्केट,भलिबल लगायत खेलहरुमा जसरि सरकारले लागानि गरिरहेकाे छ त्यसरी हप्किडाेमा लगानी गर्ने हाे भने अझै धेरै स्वर्ण, कास्य र रजत पदक जिताउने दावी गरे ।
साथै खेलाडीलाई हैसलाकाे रुपमा राज्यकाे तर्फबाट व्यवस्थापनकाे साथै खेल आयाेजना भएको देशहरुमा आउने-जाने व्यवस्थापन गर्ने हाे भने खेलाडीको मनाेभावना समेत बढ्ने बताए  प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी थिइन।

ताजा अपडेट

खोजी गर्नुहोस