केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र ११, शनिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाण्डौ । केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय १४ रनमै अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले २५, रोहित पौडेल र मोहम्मद आदिल आलमले समान २०र२० रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ केन्याका इम्यानुएल बुन्दी, लुकास ओलुच र विराज पटेलले दुईरदुई विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस