कोरिया | जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ |
नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए | अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडिया लाई २-१ र मंगोलियाले सि आई एस नेशन्सलाई ४-१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरणमा प्रवेश गरेका छन् |
कोरियामा जारी उक्त प्रतिष्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ |