असोज २३, काठमाण्डौ । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेको सामना गर्दैछ ।
खेल फु थोस्थित भियत त्रि स्टेडियममा दिउँसो पौने ३ बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा छ ।