१७ वर्षमुनीको नेपाली फुटबल टोली नेपाल फर्कियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ आश्विन २६, बुधबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाण्डौ । एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेलेर नेपाली टोली गएराति स्वदेश फर्किएको छ । १७ वर्षमुनिको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गरे । व्यवस्थापकीय कमजोरीका कारण टोली मलेसियाको विमानस्थलमा २४ घण्टाको ट्रान्जिट बसेर आइपुगेको हो ।

भियतनाममा भएको छनोटमा नेपाल जितविहीन रहेको थियो । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोलले पराजित भएको थियो । तीन वटा खेलमा १२ गोल खाएको नेपालले २ गोल मात्रै फर्काएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस