टि–२० विश्वकप क्रिकेट: आज इंग्ल्याण्ड र आयरल्यान्डबीच भिडन्त

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक ९, बुधबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कात्तिक ९,काठमाडौँ । टि–२० विश्वकप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।

मेलवर्नमा आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।

हिजो भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हरायो ।

अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।

सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् ।

हरेक समूहबाट शीर्ष दुईरदुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस