कार्तिक २०, काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत अहिले भइरहेको पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ । आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ ।
सुपर १२ को समूह ‘२’ मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।