ए डिभिजन लिग: पुलिसद्धारा एपीएफ पराजित, थ्री स्टार र आर्मीले बराबरी खेले

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ २, मंगलबार (२ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २,काठमाडौँ । शहीद स्मारक “ए डिभिजन लिग” फुटबलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ ।

आज मङ्गलवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले एपीएफलाई १–० गोलले हरायो । पुलिसका लागि मोसेस ग्याबाहले गोल गरे ।

यो जितसँगै पुलिस १८ खेलमा २२ अङ्कसहित तालिकाको दशौँ स्थानमा उक्लिएको छ । एपीएफ उति नै खेलमा २२ अङ्क भए पनि हेड टु हेडका आधारमा एघारौँ स्थानमा छ ।

यस्तै आजै दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेलेका छन् । थ्री स्टारका लागि लाकेन लिम्बु र आर्मीका लागि दिनेश हेन्जनले गोल गरे ।

यो बराबरीपछि थ्री स्टार १८ खेलमा २६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । आर्मी उति नै खेलमा २५ अङ्कसहित छैटौँ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस