दिपू वर्णवाल
असार १७, वीरगञ्ज । स्पोर्ट्स हाउस वीरगञ्जले आयोजना गरेको १५ दिने खेलकुद क्याम्प सम्पन्न भएको छ । वीरगञ्जको बाइपास रोडस्थित वर्ल्ड अफ वन्डर्समा अन्तर्राष्ट्रिय स्तरको कोचहरूको प्रशिक्षणमा क्रिकेट र फुटबल केन्द्रित पन्ध्र दिने क्याम्प शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
बालबालिकाहरूलाई क्रिकेट र फुटबल सिकाउने उद्देश्यका साथ वीरगञ्जमा पहिलो पटक स्पोर्ट्स हाउसले पन्ध्र दिने क्याम्प आयोजना गरेको स्पोर्टस हाउसका सहसञ्चालक आकृति अग्रवालले बताइन् ।
संसार व्यवसायिक खेलकुदतर्फ आकर्षित भइरहेको बेला पनि आर्थिक नगरी वीरगञ्जमा खेलकुद सम्बन्धी गतिविधि गर्ने तथा इच्छुक बालबालिकाका लागि प्रशिक्षण दिने एउटा स्पोर्ट्स एकेडमीको खाँचोलाई पूर्ति गर्न स्पोर्ट्स हाउसले क्याम्प आयोजना गरेको अग्रवालको भनाई छ ।
क्याम्पमा वीरगञ्ज र आसपास क्षेत्रका लगभग ८० जना बालबालिकाहरूले व्यावसायिक कोचबाट क्रिकेट र फुटबलको प्रशिक्षण लिएको सहसञ्चालक सौरभ केडियाले जानकारी दिए । बालबालिकाहरूलाई भारतमा क्रिकेट सम्बन्धी सम्पूर्ण गतिविधि हेर्ने द् बोर्ड अफ कन्ट्रोल फोर क्रिकेट इन इन्डिया ९विसीसीआइ० का लेभल २ प्रशिक्षक राजेशकुमार दुवेबाट क्रिकेट र अल इन्डिया फुटबल फेडेरेशनबाट मान्यता प्राप्त कोच ऋषिकेष सिंहले फुटबलको प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जनता समाजवादी पार्टी नेपाल ९जसपा० का प्रमुख सचेतक प्रदीप यादवले वीरगञ्जमा पहिलो पटक बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको कोचबाट प्रशिक्षण हुनेगरी खेलकुद सम्बन्धी गतिविधि गराउने संस्थाको सुरुवात हुनु ठूलो कुरा भएको बताए । खेलकुदलाई सरकारले समेत प्राथमिकतामा नराखेको बेला स्थानीय युवाहरूले मिलेर स्पोर्ट्स एकेडमी संस्थाको सुरुवात गरे सफलतापूर्वक पहिलो क्याम्प सम्पन्न गरेकोमा उनले आयोजकलाई बधाई पनि दिए ।
‘वीरगञ्जमा खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्ने ठाउँको कमी छ । भएको ठाउँ पनि जीर्ण भइसकेको अवस्थामा राज्यले नै खेलकुदलाई निरुत्साहित गरिरहेको बेला वीरगञ्जका स्थानीय युवाहरूले स्पोर्ट्स हाउस सञ्चालन गरेर पहिलो पटक सफलतापूर्वक क्याम्पको आयोजना गर्नु ठूलो कुरा हो,’ पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले भने, ‘चुनौतीहरूको सामना गर्दै नयाँ कुराको थालनी गर्नुभएकोमा आयोजक प्रति म आभार प्रकट गर्छु, आशा छ तपाईँहरूले भविष्यमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुहुन्छ ।’
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ९सांसद० समेत रहेका यादवले खेलकुदलाई सङ्घ सरकारले प्राथमिकता नदिनु दुःखद भएको बताउँदै वीरगञ्जमा खेलकुदलाई प्रोत्साहन गर्ने किसिमको गतिविधिका लागि विशेष बजेटको व्यवस्था गर्न आफूले स्थानीय सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै आयोजक एवम् स्पोर्ट्स हाउसका सह–सञ्चालक सौरभ केडियाले अपेक्षाभन्दा पनि राम्रो ढङ्गले क्याम्पस सम्पन्न हुँदा आफ्नो प्रयासले सार्थकता पाएको सुनाए । क्याम्पमा सुरुवात गर्दा सहभागी आउलान् कि नआउलान् भन्ने अन्योलका बिच ८० जना बालबालिकाहरू सहभागिताले क्याम्प सफल भएको सुनाउँदै उनले भने, ‘हामीले डेढ वर्षको तयारी पश्चात् सुरुवात गरेको स्पोर्ट्स हाउस सफल हुनुमा अब दुई मत रहेन । बालबालिकाहरूले १५ दिने क्याम्पसका क्रममा देखाएको उत्साहजनक सहभागिताले हामीले आगामी दिनमा यसलाई निरन्तरता दिन ऊर्जा दिएको छ । भविष्यमा पनि हामीले क्याम्पहरू आयोजना गरिरहने छौँ ।’
यस्तै काभेरी एकेडमीकी निर्देशक आयुषी तुल्स्यानले क्याम्प आफूले अपेक्षा गरेको भन्दा पनि राम्रो भएको सुनाइन् । क्याम्प मार्फत बालबालिकाहरूले खेलकुदसँगै जीवनका अन्य महत्त्वपूर्ण सिकाइ पनि प्राप्त गरेको बताउँदै उनले भनिन्, ‘क्याम्पसमा खेलकुदसँगै बालबालिकाहरूले जीवनका महत्त्वपूर्ण पाठहरू जस्तै अनुशासन, आदर, सम्मान र व्यवस्थापन जस्ता जिवन उपयोगी सिकाइहरू सिक्ने मौका पाएका छन् ।’
तुल्स्यानले भविष्यमा क्याम्पहरू आयोजना गरिरहन आयोजकहरूसँग आग्रह गरिन । उनले वीरगञ्जमा खेलकुद सम्बन्धी गतिविधिलाई प्रोत्साहन गर्न राज्यले पनि लगानी गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै अभिभावक नुतन सरावगीले बालबालिकाहरूका लागि स्पोर्ट्स हाउसले क्याम्प आयोजना गरेर वीरगञ्जमा एउटा नयाँ सुरु गरेको बताइन । खेलकुदबाट वञ्चित भइरहेका बालबालिकाहरूलाई अन्तर्राष्ट्रिय स्तरको कोचबाट प्रशिक्षण लिने मौका दिएर उनीहरूमा लुकेको प्रतिभालाई उजागर गर्ने काम भएको बताइन् । ‘हामीसँग बालबालिकाहरूलाई गर्न दिने किसिमको गतिविधि हुँदैन । घरमा पर्याप्त ठाउँ छैन, खेल्नका लागि साथीहरू छैनन् । बच्चाहरूले अतिरिक्त गतिविधिको नाममा मोबाइल र कम्प्युटर चलाउने बाहेक केही गर्दैनन्,’ उनले भनिन्,‘यस्तो अवस्थामा स्पोर्ट्स हाउसले एउटा मञ्च दिएर उनीहरूलाई आ(आफ्नो प्रतिभा देखाउने मौका दिँदै प्रशिक्षणको समेत अवसर दिएको छ । यो राम्रो हो, यसले निरन्तरता पाउनु पर्छ ।’
क्याम्पमा बालबालिकाहरूले दैनिक १५ दिनसम्म बिहान र साँझ डेढरडेढ घण्टा प्रशिक्षण लिएको आयोजकले जनाएका छन् । प्रशिक्षणका क्रममा क्रिकेट तर्फ उत्कृष्ट प्रदर्शनी गर्ने शिवम ठाकुर र फुटबल तर्फ उत्कृष्ट प्रदर्शनी गर्ने कराती सिंहलाई प्रोत्साहन स्वरूप प्रमाण पत्र र खेलकुद किट हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बालबालिकाका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।