असोज ८,काठमाडौँ । मालदिभ्सको राष्ट्रपतीय चुनावमा चीन निकट यामीनको आश्चर्यजनक हार भएको छ । मालदिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिहले राष्ट्रपतिको चुनावमा अप्रत्याशित रुपमा जित हात पारेका छन् । निकै शक्तिशाली मानिएका चीननिकट मानिने वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा हार व्यहोर्नु परेको छ ।
निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गर्नुभएको छ । मोहम्मद सोलिहले एक लाख ३४ हजार ६ सय १६ मत प्राप्त गर्दा यामीनले भने ९६ हजार एक सय ३२ मत प्राप्त गरे ।
निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुसीयाली मनाउँदै नाचगान सुरु गरेका छन् । चुनावी नतिजाप्रति राष्ट्रपति यामीनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
सोलिहको पक्षमा विपक्षीहरुले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए । राष्ट्रपति यामीनले सञ्चार माध्यममाथि लगाएका प्रतिबन्धहरुले चुनावमा धाँधली हुने आशंका व्यक्त गरिएको थियो ।
आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । निर्वाचनमा विजयी घोषित नवनिर्वाचित राष्ट्रपति सोलिहले एक टेलिभिजन अन्तर्वार्तामा भने, “म जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामीनसँग आग्रह गर्दछु र सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरणका हुने अपेक्षा गर्दछु ।”
पूर्व राष्ट्रपति समेत रहेका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई लोकतान्त्रिक मार्गमा पुनः ल्याउने विश्वास व्यक्त गरे । राष्ट्रपति यामीनले हार स्वीकार्नुबाहेक अर्को विकल्प नरहेको पनि उनले बताए । मोहमद नसीद हाल निर्वासनमा हुन ।
यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन् । संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
पछिल्लो समय मालदिभ्स चीन र भारतको ‘ब्याटल ग्राउण्ड’ को रुपमा रहेको छ । मालदिभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए ।
मालदिभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो । भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्यमान्यतालाई पुनर्वहाली गर्ने विश्वास लिएको छ ।
पछिल्ला वर्षहरुमा राष्ट्रपति यामीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो । मालदिभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण उपलब्ध गराएको थियो ।
यो पनी पढौ
माल्दीभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता
माल्दीभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए । माल्दीभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो । भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्यमान्यतालाई पुनर्वहाली गर्ने विश्वास लिएको छ ।
पछिल्ला वर्षहरुमा राष्ट्रपति यामीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो । माल्दीभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए ।