दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ आश्विन १९, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १९,काठमाडौँ । दक्षिण कोरियाको सोलस्थित उच्च अदालतले पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचारको अभियोगमा १५ बर्षको जेल सजाय तोकेको छ ।

पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट अरबौं अमेरिकी डलर भ्रष्टाचार गरेको अभियोग बाकमाथि लगाइएको छ । साथै अदालतले उनलाई १३ अर्व अमेरिकी डलरको जरिवाना पनि तोकेको छ ।

पूर्वराष्ट्रपति बाकले आफूमाथिका अभियोग अस्वीकार गर्दै अभियोग राजनीति प्रेरित भएको आरोप लगाएका छन् । बाक दक्षिण कोरियाको इतिहासमा जेल सजाय पाउने चौथो पूर्वराष्ट्रपति बनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस