फाल्गुण १७, काठमाडौं । नेपालस्थित जर्मन दूतावासले असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र लेखेको छ । पत्रमा दूतावास परिसरमा भएको अतिक्रमणलाई हटाउन माग गरिएको छ । दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा अतिक्रमण रोक्न नेपाल सरकारले उचित कदम नचालेकोमा असन्तुष्टी जनाइएको छ ।
पत्रमा दूतावासले शिशिर नाहाटाको प्राविधिक टिमले दूतावासको पर्खाल भत्काउने र त्यसलाई आफ्नो हुने गरी निर्माण गर्ने घोषणा गरेको दाबीपछि अतिक्रमण बढेको उल्लेख छ । सम्बन्धित अधिकारी तथा छिमेकीहरुसँग छलफलबिना नै नाहाटाले दूतावासको पर्खाल आडमा खन्ने काम गरेको दूतावासले जनाएको छ ।