१४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता हुने सर्तसहित अमेरिका र तालिवानबीच शान्ति सम्झौता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १८, काठमाण्डौ । अमेरिका र विद्रोही समूह तालिवानबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अफगानिस्तानमा १८ वर्षदेखि भैरहेको द्धन्द्धको अन्त्यको लागि अमेरिका र तालिवानबीच कतारको दोहामा शान्ति सम्झौता भएको हो ।

सम्झौतामा अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र तालिवानका प्रतिनिधीले हस्ताक्षर गरेका छन् । सम्झौताको पूर्ण पालना भएमा अमेरिका र उत्तर एटलान्टक सन्धी संगठन नाटोका सैनिकले १४ महिनाभित्र अफगानिस्तान छाड्न सक्ने भएका छन् । तालिवान र अमेरिकाबीच शान्ति सम्झौता भएपछि अफगानिस्तानमा १८ वर्षदेखि भैरहेको द्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ । सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी फौज तैनाथ हुँदै आएको छ । युद्धका क्रममा २४ सयभन्दा धेरै अमेरिकी फौज मारिएका छन् भने अझै १२ हजारभन्दा धेरै सैनिक अझै अफगानिस्तानमा रहेका छन् ।

शान्ति सम्झौतालाई विश्व समुदायले ठूलो महत्वका साथ हेरिरहेको छ । एक हप्ताअघि नै अमेरिका, अफगानस्तानका सुरक्षाकर्मी र तालिवानबीच आक्रमण नगर्ने समझदारी भएको थियो । अमेरिकाको पेन्टागनमा आक्रमण भएपछि अमेरिकाले २००१ मा अफगानिस्तान सरकारलाई सैन्य लगायत सहयोग गर्दै तालिवान लडाकुविरुद्ध आक्रमण सुरु गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस