नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा रोक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २६, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २६, काठमाण्डौ । कतारले नेपालसहित १४ मुलुकका यात्रुमाथि प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि भन्दै कतारले उक्त मुलुकका नागरिकमाथि प्रवेशमा अस्थायी रोक लगाएको हो । आइतरबार सूचना जारी गर्दै नेपाल‚ भारत‚ इरान‚ लेबनान‚ चीन‚ इजिप्ट‚ इराक‚ बंगलादेश‚ पाकिस्तान‚ फिलिपिन्स‚ दक्षिण कोरिया‚ श्रीलंका‚ सिरिया र थाइल्याण्डका नागरिकमाथि रोक लगाएको जानकारी दिएको छ ।

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडान बन्द गरिसकेको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानसम्म १५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये तीनजना आप्रवासी कामदारलाई पनि कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस