जेठ ९, काठमाण्डौ । पाकिस्तान इन्टरनेसनल एयरलाइन्स पीआईए को जहाज दुर्घटना भएको छ । ९० जना यात्रु र चालक दलका ८ जना सवार रहेको सो जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले जनाएको छ ।
सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल कराँची नजिकैको वस्तीमा दुर्घटना भएको पाकिस्तानी सञ्चामाध्यमले जनाएका छन् ।