जेठ २२, काठमाडौं । उत्तर कोरियामा प्राथमिक तहका विद्यालय खुलेका छन् । उत्तर कोरियामा नयाँ शैक्षिक सत्र अप्रिलबाट सुरु हुन्छ । तर कोरोना संक्रमणका कारण विद्यालय खुल्न सकेका थिएनन् । छिमेकी देश चीनमा कोरोना संक्रमण फैलिएपछि उत्तर कोरियाले सीमा बन्द गरिदिएको थियो । उत्तर कोरिया विश्वमा सबैभन्दा पहिला लकडाउन गर्ने देश हो ।
उत्तर कोरियाले कोरोना संक्रमण पुष्टि नभएको दाबी गरिरहेको छ । यद्यपि विज्ञहरूले उत्तर कोरियाको यो दाबीमाथि प्रश्न उठाइरहेका छन् । विज्ञहरूले कोरोना भाइरस उत्तर कोरियामा फैलिएको अवस्थामा भने देशको कमजोर स्वास्थ्य सेवाले संक्रमितको चाप थेग्न नसक्ने बताइरहेका छन् ।