पछिल्लो समय कोरोनामुक्त हुने देशको सुचीमा फिजी थपियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २३, शुक्रबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २३,काठमाडौँ । फिजीले कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । फिजीका प्रधानमन्त्री फ्र्याङ्क बेनिमारामाले ट्वीट गर्दै आफ्नो देश कोरोनामुक्त भएको घोषणा गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘फिजीका अन्तिम कोरोना सङ्क्रमित ठिक भएका छन् । हाम्रो यहाँ कोरोना सङ्क्रमणको जाँच गर्ने सङ्ख्या दैनिक बढिरहेको छ । कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको यो ४५ औँ दिन हो । फिजीमा महामारीबाट कसैको पनि ज्यान गएको छैन । हाम्रो सङ्क्रमणपछि निको हुने दर शतप्रतिशत रहेको छ ।’

उनले अघि लेखेका छन्, ‘सबै आशिर्वाद स्वीकार भएको छ । कडा मेहनत र विज्ञानमाथि विश्वास राखेर हामीले यो हासिल गरेका हौँ ।’

फिजी प्रशान्त महासागरमा अवस्थित द्वीपमध्ये एक थियो, जहाँ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । फिजीमा मार्च महिनाको मध्यतिर पहिलो सङ्क्रमणको मामिला सार्वजनिक भएपछि हाहाकार मच्चिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस