जेठ २५, काठमाडौं । भारत र चीनबीच सीमा विवादलाई लिएर सैन्य अधिकारीहरुबीचको वार्ता सम्पन्न भएको छ । पूर्बी लद्दाखमा भारत र चीनबीच गत् मे महिनाको तेस्रो साता सुरु भएको विवाद मुक्कामुक्कीमा परिणत भएको थियो ।
एशियाली न्युज इन्टरनेशनल९एएनआई०का अनुसार भारतीय सैन्य अधिकारी र चिनियाँ अधिकारीबीच लाइन अफ एक्च्युल कन्ट्रोल एलएसी पारी चिनियाँ भूमि मोल्डोमा वार्ता भएको हो । भारतीय डेलिगेशनको नेतृत्व १४ औं कमाण्डर लेफ्टीनेन्ट जनरल हरिन्दर सिंहले गर्नुभएको थियो । वार्तामा सहभागी टोलीले भारतीय सैन्य प्रमुख एम एम नरवने र उत्तरी सैन्य कमाण्डर लेफ्टीनेन्ट जनरल वाई के जोशीलाई जानकारी गराउनेछन् ।