चीनमा लक्षणविहिन कोरोना संक्रमित भेटिन थाले

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २६, सोमबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २६,काठमाडौँ । चीनमा विगत २४ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमित फेला परेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशबाट यात्रा गरेर हाइनान प्रान्तमा आएका ६ जनामा कोरोना संक्रमण देखिएको हो । नेशनल हेल्थ अमिसनका अनुसार पाँच जना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन ।

यसको एक दिन अगाडि चीनमा तीन जना कोरोना संक्रमित फेला परेका थिए ।

जोन्स हप्किन्स विश्वविद्यालयको वेबसाइटमा राखिएको तथ्यांकअनुसार चीनमा ८४ हजार भन्दा बढी संक्रमित छन् भने हालसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमण सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान शहरमा फेला परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस