बढ्दो कोरोना संक्रमणकाबीच पाकिस्तानमा लकडाउन किन खुल्यो ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २८, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौ । पाकिस्तानमा कोरोना भाइसरस (कोभिड-१९) को संक्रमण दिनानुदिन बढ्दो क्रममा छ । यस्तो अवस्थामा लकडाउनमा दिइएको छुटको स्वतन्त्रता पनि बढेको छ । पाकिस्तानको सरकारले महामारी नियन्त्रणको लागि भौतिक दुरी कायम गर्ने विषयसँग जोडिएका नियम पालना भएको बताइरहेको छ । तर, वास्तविक अवस्था भने निकै भिन्न छ ।

मानिसहरुको बीचमा आवश्यक दुरी कायम राख्न किराना पसलहरु तथा औषधि पसलअघि कोरिएका लाइन मेटिइसकेको छ । साथै पसलभित्र पनि धेरै मानिस जम्मा नहुन् भनेर राखिएका सुरक्षाकर्मीहरु हटिसकेका छन् ।

बुधबार दिइएको जानकारी अनुसार पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख १३ हजार नाघेको छ । स्वास्थ्य विभागका अनुसार सबैभन्दा धेरै संक्रमित पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा फेला परेका छन् । पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार २५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा कोरोना भाइरसबाट ८३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानका स्वास्थ्यकर्मीहरु भने मुलुकमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउनमा कडाइ गरिनुपर्ने पक्षमा छन् । यो विषयमा शुरुवातदेखि नै राजनीति पनि भइरहेको छ । विपक्षी पार्टीहरुले पनि मुलुकमा लकडाउन गर्नुपर्ने माग गरिरहेका छन् । तर, सरकारले लकडाउनसँग सम्बन्धित करिब सबै प्रतिबन्ध हटाइसकेको छ । त्यसैले कोभिड-१९ होस् वा नहोस् पाकिस्तान लकडाउनमुक्त मुलुक बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस