चीनमा तेल ट्यांकर बिस्फोट, १० को मृत्यु ११७ जना घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ३२, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ३२, काठमाडौं । चीनमा तेल ट्याकर बिस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । चीन पूर्वी क्षेत्रमा पर्ने झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा बिस्फोट भएको हो ।

स्थानीय अधिकारीहरुका अनुसार बिस्फोटबाट आसपासका घर र फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । शनिबार भएको सो बिस्फोटमा केही कार र दुईवटा गाडी समेत ध्वस्त भएका छन् । बिस्फोटपछि राजमार्गका वरिपरिको क्षेत्रमा कालो धुँवाको मुस्लो फैलिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस