हाइटीको जेलबाट २०० कैदी भागे, झडपमा २५ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन १५, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुण १५, काठमाण्डौ । हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए ।

‘घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए । झण्डै दुई सयजना कैदी भने अझै पनि जेलमै छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस