फागुण १६, काठमाण्डौ । नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त भएका छन् ।
नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी छात्राहरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले एक सशस्त्र समूहले अपहरण गरी लगेका ४२ जनालाई रिहा गरिएको हो ।