भाद् ८, काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगको तयारी तीव्र पारेको छ।आयोजकका हिसाबले क्यानले आफ्नो तयारी तीव्रताका साथ अघि बढाएको छ भने टिमहरुले पनि आन्तरिक तयारी तीव्र बनाएका छन्। पहिलो पटक आयोजना गर्न लागेकाले क्यानलाई पनि यो इभेन्ट भव्य र सभ्य बनाउने चुनौति पनि उत्तिकै रहेको छ।
नेपाल टी २० लिगको प्रमोसनका लागि कुनै कसर बाँकी नराख्ने क्यान स्रोतले जनाएको छ। प्रतियोगिता सुरु हुन अब १ महिना मात्रै बाँकी रहेको छ। खेलाडीको ड्राफ्ट सेप्टेम्बर ७ तारिखमा गर्ने जनाइएको छ। यसका साथै अहिलेसम्म पोखरा र फारवेस्ट टिमका मालिक सार्वजनिक गर्न बाँकी रहेको छ।
अहिलेसम्म ४ टिम सार्वजनिक भने क्यानले गरिसकेको छ। क्यानका केन्द्रीय सदस्य तथा नेपाल टी २० का गर्भनिङ काउन्सिल सदस्य एव मिडिया कमिटी संयोजक दुर्गाराज पाठकले बाँकी २ टिमका बारेमा चाँडै सार्वजनिक हुने बताए।