हानारो कपमा नेपालले पाकिस्तानलाई ११-शून्यले पराजित गर्दै क्वाटरफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र १५, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कोरिया | जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ |

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए  | अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडिया लाई २-१ र मंगोलियाले सि आई एस नेशन्सलाई ४-१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरणमा प्रवेश गरेका छन् |

कोरियामा जारी उक्त प्रतिष्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ |

ताजा अपडेट

खोजी गर्नुहोस