भाद्र १७, काठमाडौं । नेपाल फुटबल संघ एन्फाले भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । एन्फाले पत्रकार सम्मेलन गरेर सबै तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगिता आयोजनाका लागि ३ करोड, ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि दक्षिण एसियाली फुटबल फेडेरेसनले २ लाख ५० हजार डलर प्रदान गरेको छ ।