भाद्र २०, काठमाण्डौ । नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ ।
तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।