भाद्र २१, काठमाडौ । घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले ‘क्लीन स्वीप’ गरेको छ। एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारिसकेको नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले हराउँदै सिरिज ३–० ले जितेको हो।