क्रिकेट कप्तान सन्दीपविरुद्ध नाबालिका बलात्कारको उजुरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र २२, बुधबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाण्डौ । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप लागेको छ । काठमाडौंको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार साँझ काठमाडौं प्रहरीमा जाहेरी दिएकी हुन् । उनको उमेर १८ वर्षभन्दा कम रहेको प्रहरी स्रोत बताउँछ । जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरू यसबारे औपचारिक रूपमा भने केही बोल्न चाहँदैनन् । प्रहरीका अनुसार गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ ।

त्यस दिन दिउँसो आफू सन्दीपसँगै नगरकोट घुम्न गएको, तर त्यहाँ उनले केही नगरेको जाहेरीमा उल्लेख छ । घटनाको भोलिपल्ट ६ भदौमा सन्दीप केन्या उडेका थिए । एक साथीमार्फत सन्दीपसँग चिनजान भएको ती किशोरीले प्रहरीलाई बताएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस