कार्तिक २२, काठमाण्डौ । सर्वोच्च अदालतले विश्व कप फुटबल देखाउने नाममा ग्राहकबाट थप पाँच सय रुपैयाँ लिने शुल्क कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रकाशमान सिंह राउतको एकल इजलासले विश्व कपका नाममा थप पाँच सय रुपैयाँ असुल्दा ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।