नेपाल–फ्रान्सबीच विदेश नीतिका सम्बन्धमा विस्तृत छलफल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष २५, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौं । नेपाल-फ्रान्स विदेश नीतिका विषयमा विस्तृत छलफल गरिएको छ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित दुई मुलुकबीचको विदेश सचिवस्तरीय परामर्श बैठकमा विदेश नीतिको समिक्षा गरिएको हो।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकर दास वैरागी र फ्रान्सको तर्फबाट विदेश सचिव मोरिस गर्दो मोन्तान सहभागी भएका थिए।

बैठकमा दुई मुलुकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विषयमा छलफल गरिएको परराष्ट्र सचिव वैरागीले जानकारी दिए।

बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले फ्रान्सले नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न चाहेको पनि स्पष्ट पारे।

फ्रान्सका विदेश सचिव मोन्तानले दुई मुलुकबीचको साझा हितको विविध विषयमा खुला छलफल गरिएको प्रतिक्रिया दिए।

उनले नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न आफ्नो मुलुक इच्छुक रहेको पनि जानकारी दिए।

बैठकमा नेपाली पक्षले नेपालको पर्यटन, उर्जा, व्यापार, सूचना तथा प्रविधि, जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्न फ्रान्ससँग आग्रह गरेको थियो।

यस अघि परराष्ट्र सचिव वैरागीले गत कात्तिक २६ गते दुई मुलुकबीचको सम्बन्ध विस्तारका विषयमा पेरिसमा समकक्षी मोन्तानसँग छलफल गरेका थिए।

दुई मुलुकबीच कुटनीतिक सम्बन्ध ७० वर्ष पूरा गरेको अवसर पारेर विदेश सचिवस्तरीय परामर्श बैठक काठमाडौंमा बोलाइएको हो।

त्यस अवसरमा फ्रान्सका विदेश सचिव मोन्तानले नेपालले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको प्रशंसा समेत गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस