इण्डो प्यासेफिक कमाण्डका प्रमुख राजधानीमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासेफिक कमाण्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिवसीय औपचारिक भ्रमणका क्रममा बिहीबार काठमाडौं आएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग बिहीबार साँझ उनले शिष्टाचार भेट गरे। त्यस अवसरमा उनीहरूबीच सैन्य सहयोग आदानप्रदान तथा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ।एडमिरल डेभिडसन शुक्रबार अपराह्न स्वदेश फर्कने छन्।

ताजा अपडेट

खोजी गर्नुहोस