सरकारले गाँजा खेतीको अध्ययन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १५, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौँ । सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत भएको वक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसद तालीले गुञ्जायमान भएको थियो । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस