प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० श्रावण ७, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् ।

प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापा र तेज प्रसाद भट्टराई सहित ६४ जना छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस