पार्टीको क्रियाशील सदस्यता वितरणको केन्द्र वडालाई बनाउनुपर्छ: कांग्रेस नेता साउद

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० श्रावण ७, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवंम परराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले पार्टीको क्रियाशील सदस्यता वितरणको केन्द्र वडालाई बनाउनुपर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा उनले सदस्यता वितरणको केन्द्र वडालाई बनाउनुपर्ने बताएका हुन्।

‘सदस्यता वितरणको केन्द्र केन्द्रलाई नबनाइ वार्डलाई बनाउनुपर्छ। जबसम्म वडा मजबुत हुन्न, जबसम्म गाउँ मजबुत हुन्न, जबसम्म स्थानीय संरचना मजबुत हुन्न तबसम्म हामीले सदस्यता चाङ जति बढाए पनि हामीले उपलब्धी हासिल गर्न सक्दैनौँ,’ नेता साउदले भने।

उनले कूल क्रियाशील सदस्यमध्ये २० प्रतिशत सदस्यले पार्टीको चुनाव चिन्हमा मत नदिने र अन्य २० प्रतिशत सदस्यले आशिंक रुपमा मत दिने गरेको पनि बताए।

साउदले ती ४० प्रतिशत क्रियाशील सदस्यहरुलाई पार्टीलाई भोट दिने बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। ‘क्रियाशील सदस्यमध्ये पनि ४० प्रतिशत क्रियाशील सदस्यहरु हामीले पार्टीलाई भोट दिने बनाउने तर्फ ध्यान दिनुपर्छ,’ उनले भने।

ताजा अपडेट

खोजी गर्नुहोस