कारागार पुगेर शेखरले फेरि भेटे बालकृष्णलाई, आधा घण्टा गरे कुराकानी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ६, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रोपटक भेटेका छन् ।

कांग्रेस नेता समेत रहेका खाँणलाई कोइरालाले शनिबार केन्द्रीय कारागार सुन्धारा पुगेर भेटेका हुन् । बिहान ९ बजेतिर कारागार पुगेका कोइराला र कांग्रेस नेता खाँणबीच आधा घण्टा कुराकानी भएको बताइएको छ । तर के कुरा भयो भन्ने विषयमा जानकारी आएको छैन ।

यसअघि पनि शेखरले गत साउन ३१ गते केन्द्रीय कारागार पुगेर खाँणसँग भेटघाट गरेका थिए । त्यतिबेला उनले करिब एक घण्टासम्म कुराकानी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस