प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, यस्तो छ दिनभरको तालिका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ७, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज आइतबार हान्जाउबाट राजधानी बेइजिङ जाँदैछन् ।

शनिबार हान्जाउ पुगेका प्रचण्डले राष्ट्रपति सी चिनफिङ भेटवार्ता गरेका छन् । भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको बताए। एसियाली खेलकुदको व्यस्तता हुँदा पनि आफूसँग भेट गरेकोमा सीको प्रशंसा गरे।

करिब आधाघण्टा भएको भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री प्रचण्ड र सीबीच भेट हुनुअघि दुईदेशका अधिकारीबीच उच्चस्तरीय बैठक भएको थियो। उक्त बैठकमा पनि राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।

प्रचण्ड १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागि भएका छन् । प्रधानमन्त्री प्रचण्ड आज दिनभर विभिन्न कार्यक्रममा भाग लिनेछन् । सोमबार मात्रै समकक्षी ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

 यस्तो छ प्रचण्डको आजको भ्रमण तालिका

– प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ ।

– ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट स्टेट गेष्ट हाउसमा प्रस्थान ।

– अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले त्यहाँ सम्बोधन गर्नेछन् ।

– पौने ६ बजे नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस