नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौँ । नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन जारी छ । अहिले मतदान भइरहेको छ । मतदान दिउँसो १२ बजेबाट मात्रै सुरू भएको हो ।

प्रदेश अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा भइरहेको छ ।
यस्तै, सचिवका लागि नवराज सिलवाल र हस्त पण्डित उम्मेदवार छन् ।

प्रदेश कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव महिला एक, उपसचिव खुला एकसहित दुई सय ४० सदस्यीय नेतृत्व टीम चयन हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस