राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौँ । राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ ।

उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि ५२ वर्षीय कार्कीलाई अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

बिहीबार साँझ नै कार्कीलाई वान्ता भएको र उनले शारीरिक अस्वस्थता महसुस गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाईशुक्रबार बिहान सवा ७ बजे अस्पताल पुर्‍याइएको थियो । अस्पताल ल्याउँदा सहसचिव कार्कीमा जीवनको कुनै संकेत नदेखिएको अस्पतालले जानकारी दिएको छ ।

ओखलढुंगाका कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए।

ताजा अपडेट

खोजी गर्नुहोस